पानीमा डुबेर कामदारको मृत्यु

असार १४ । याङ्वरक गाउँपालिका–४ स्थित काबेली ‘ए’ जलविद्युत् आयोजनाको बाँध निर्माणस्थलमा काम गर्ने क्रममा एक कामदारको पानीमा डुबेर आज मृत्यु भएको छ ।
मृत्यु हुनेमा पाल्पा जिल्ला घर भई सोही आयोजनामा कार्यरत १८ वर्षीय नवीन मगर छन् । उनी काबेली हाइड्रोपावरको साइट बाँध निर्माण गर्ने क्रममा डुबेका थिए ।
Death