News

७० दशमलब ५ प्रतिशत मत खस्योः निर्वाचन आयोग

७० दशमलब ५ प्रतिशत मत खस्योः निर्वाचन आयोग

असार – १४ । दोस्रो चरणको स्थानीय तह निर्वाचनमा ७० दशमलब ५ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनएको छ ।
निर्वाचन आयोगमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा अयोधी प्रसाद यादवले ७० दशमलव ५ प्रतिशत मत खसेको जानकारी दिएका हुन् । पहिलो चरणको निर्वाचनमा ७२ प्रतिशत मत खसेको थियो ।

आज(बुधबार) ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमा मतदान भएको हो । निर्वाचन आयोगले बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदान गर्न पाउने गरी समय निर्धारण गरेको थियो

दोस्रो चरणअन्तरगत १, ५ र ७ नम्बर प्रदेशमा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको छ । अहिले मतपेटिका संकलनको काम भइरहेको र राजनीतिक दलहरुसंग समन्वय गरी आजैदेखि मतगणना सुरु हुने यादवले बताए ।

 

विशेष