News

एमाले-माअोवदीका कार्यकर्ताबीचको झडपमा घाइते भएका खनाललाई काठमाडाैँ लगियो

एमाले-माअोवदीका कार्यकर्ताबीचको झडपमा घाइते भएका खनाललाई काठमाडाैँ लगियो

असार - १४ । मालारानी गाउँपालिकामा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताबीच भएको झडपमा परी घाइते भएका एक जनालाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ ।

मालारानी गाउँपालिका वडा नं ३ खनदहको सुन्धरा प्रावि मतदान केन्द्रमा मतदानको समयमा भएको विवादले उग्ररुप लिएपछि एमालेका कार्यकर्ताको कुटपिटबाट माओवादीका कार्यकर्ता तथा अखिल क्रान्तिकारीका नेता नारायण खनाल घाइते भएका थिए ।

घाइतेको स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि सेनाको हेलिकप्टरबाट काठमाडाैँ पठाइएको जिल्ला प्रहरी कार्यालय, अर्घाखाँचीले जनाएको छ ।

विशेष