विदेश

सिरियामा हवाई आक्रमण ४० सर्वसाधारण मारिए

सिरियामा हवाई आक्रमण ४० सर्वसाधारण मारिए

 

असार - १४ । सिरियाको पूर्वी प्रान्त देइर अल जोउर प्रान्तमा भएको अमेरिकाआवद्ध हवाई आक्रमणमा कम्तीमा ४० सर्वसाधारणको मृत्यु भएको छ । राज्यद्वारा सञ्चालित समाचार समिति सानाले बुधबार सो जानकारी दिएको छ ।

सिरियामा सन् २०११ बाट सुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भयो । जारी सो द्वन्द्वमा परी हालसम्म ३ लाख २० हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । उक्त द्वन्द्वका कारण लाखौँ व्यक्ति घाइते भएका छन् भने, लाखौले आफ्नो देशभित्र र विदेशमा शरणार्थी जीवन बितारहेका छन् ।

विशेष