विदेश

रोनाल्डोलाई जुम्ल्याह सन्तान लाभ

रोनाल्डोलाई जुम्ल्याह सन्तान लाभ

असार १५ । पोर्चुगलका फुटबल कप्तान क्रिस्चियानो रोनाल्डो दोस्रो पटक बाबु बनेका छन् । सरोगेसीको सहायताबाट उनी जुम्ल्याहा बच्चाका बाबु बनेका हुन् ।

रोनाल्डोको यसअघि नै सात वर्षीय छोरा छन् । जुम्ल्याहा सन्तानको जन्म भएको खबरले उनले फिफा कन्फेडेरेसनस कपबाट घर फर्किन अनुमति पाएका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत घोषणा गर्दै उनले राष्ट्रिय टिमको सेवामा सधैँ रहने बताउँदै दुईवटा बच्चाको जन्म भएको बताएका हुन् ।

आउँदो महिनामा रोनाल्डोको परिवारको संख्या थप वृद्धि हुने पनि विभिन्न सञ्चार माध्यमले जनाएको छ । किनभने उनकी प्रेमिका जर्जीना रोड्रिग्ज पाँच महिनाकी गर्भवती भएको खबर पनि सञ्चारमाध्यममा छाएको छ । — एजेन्सी

विशेष