News

साउनदेखि श्रमजीवी पत्रकार ऐन कार्यान्वयनमा कडाइ

साउनदेखि श्रमजीवी पत्रकार ऐन कार्यान्वयनमा कडाइ

 

असार - १५ । न्यूनतम पारिश्रमिक निर्धारण समितिले आगामी साउन १ गतेदेखि कडाइका साथ श्रमजीवी पत्रकारको न्यूनतम् पारिश्रमिक लागू गर्ने भएको छ । 

बिहीबार नेपाल पत्रकार महासङ्घ भक्तपुर शाखाको समन्वयमा समितिले आयोजना गरेको एकदिने कार्यशालामा समितिका सदस्य युवराज विद्रोहीले उक्त जानकारी दिएका हुन् । 

उनले टेलिभिजन र एफएममा श्रमजीवी पत्रकार ऐन कार्यान्वयका लागि कडाइ गरिएको बताउँदै आफूहरुले उपत्यकालगायत देशभरिका सञ्चारमाध्यममा अनुगमन गरिरहेको उल्लेख गरे । शाखाका अध्यक्ष पुस्करराज बुढाथोकीले पत्रकारको हक, हितका पक्षमा वकालत गर्नुपर्नेमा जोड दिए ।

विशेष