विदेश

ट्रम्प क्लिन्टनबीच आरोप प्रत्यारोप

ट्रम्प क्लिन्टनबीच आरोप प्रत्यारोप

जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका हिलारी क्लिन्टनबीच ट्वीटरमा घोचपेच चलेको छ ।

डेमोक्रेटिक नेता क्लिन्टनले बुधबार सन् २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रसियाली हस्तक्षेपबारे पुनः एक पटक प्रश्न उठाएपछि दुई नेताबीचको विवादले तातो रुप लिएको हो ।

क्यालिफोर्नियामा भएको प्रविधि सम्मेलनमा डेमोक्रेटिक नेता क्लिन्टनले, रसियाली सरकारले उनीहरु कतैबाट निर्देशित नबन्दासम्म त्यो सचूनालाई कसरी अस्त्रका रुपमा अमेरिकासँग प्रयोग गर्ने भन्ने विषयमा थाहा हुने थिएन ।

क्लिन्टनले यसो भनिरहँदा आफ्नो निर्वाचन अभियानका समय प्रयोग भएका इमेल ह्याक भएका विषयमा ट्रम्पको संलग्नता रहेको दोषारोपण गरेकी थिइन । त्यसैगरी राष्ट्रपति ट्रम्पले जवाफमा ‘धुर्त’ हिलारी क्लिन्टनले अब सबैलाई दोष लगाइसकेपछि आफैलाई पनि दोष लगाउनेछन् तर आफूलाई ‘भयानक’ उम्मेदवार भन्न अस्वीकार गरेकी छन् ।

विशेष