News

अपहरित दाङका व्यापारी मृत भेटिए

अपहरित दाङका व्यापारी मृत भेटिए

असार – १६ । गत जेठ २७ गते अपहरणमा परेका दाङका व्यापारी दाङका व्यापारी राजकुमार श्रेष्ठको प्रहरीले पुष्टि गरेको छ । व्यापारी श्रेष्ठको शव सल्यानको पाथिभार लेकको जंगलमा भेटिएको प्रहरीले बताएको छ ।

अपहरणमा संलग्नमध्येका केहीको बयानका अधारमा प्रहरीले उनको शव फेला पारेको हो । श्रेष्ठको शव कुहिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । शवलाई दाङ ल्याउने तयारी भइरहेको छ ।

प्रहरीले व्यापारी श्रेष्ठको अपहरणमा संलग्न रहेको आशंकामा केही व्यक्तिलाई पक्राउ गरी सोधपुछ गरेको थियो । उनीहरुकै बयानका आधारमा पाथिभारा जंगलमा व्यापारी श्रेष्ठको शव भेटिएको हो ।

विशेष