News

रिब्दीकोट–१ मा काँग्रेस, २ र ३ मा एमाले विजयी

रिब्दीकोट–१ मा काँग्रेस, २ र ३ मा एमाले विजयी

असार १६ । रिब्दीकोट गाउँपालिका– १ मा नेपाली काँग्रेस समूह विजय भएका छन् ।

वडाध्यक्षमा काँग्रेसका विष्णुप्रसाद गैरेले ६०४ मत प्राप्त गरी विजयी हुनुभएको छ । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दिवाकर पराजुलीले ५६३ मत प्राप्त गरेका हुन् ।

त्यस्तै दलित महिला सदस्यमा गीता कौशल, महिला सदस्यमा हुमा कुमाल र खुला सदस्यमा नारायण पराई तथा धनबहादुर सुनार निर्वाचत भएका छन् । उनीहरु सबैजना काँग्रेसकै हुन् ।

यसैगरी रिब्दीकोट गाउँपालिका–२ का वडा अध्यक्षमा एमालेका रामचन्द्र नेपालले ५७४ मत प्राप्त गरी विजय भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका अमरबहादुर सारुले ५४२ मत प्राप्त गरेका हुन् ।

त्यस्तै रिब्दीकोट गाउँपालिका– ३ को वडाध्यक्षमा एमालेका विष्णुप्रसाद खनालले ४३६ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका नरेन्द्र आमात्यले ४०८ मत प्राप्त गरेका हुन् । 

विशेष