विदेश

मुस्लिम राष्ट्रका नागरिकलाई अमेरिकामा प्रतिबन्ध लगाएपछि इराकी विदेशमन्त्रीले दिए कडा प्रतित्रिया

मुस्लिम राष्ट्रका नागरिकलाई अमेरिकामा प्रतिबन्ध लगाएपछि इराकी विदेशमन्त्रीले दिए कडा प्रतित्रिया

 

असार - १६ । अमेरिकाले छ वटा मुस्लिम राष्ट्रका नागरिकलाई अमेरिकाको भ्रमणमा लगाएको प्रतिबन्ध वास्तवमै निन्दनीय भएको इराकी विदेशमन्त्री मोहमद जाभेद जारिफले शुक्रबार बताएका छन् । ‘अमेरिकाले हाल इरानी हजुरआमाहरुलाई आफ्ना नातीनातीनालाई भेट गर्ने प्रतिबन्ध लगाएको छ, यो वास्तवमै निन्दनीय भएकोले यसको इरानले विरोध गर्दछ–जारिफले आफ्नो ट्वीटरमा लेखेका छन्। 

अमेरिकामा इरानी मूलका अमेरिकी नागरिक १० लाख भन्दाबढी रहेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा मुस्लिम बाहुल्य रहेका इरान, सोमालिया, लिबिया, सुडान, सिरिया र यमन गरी छ देशका नागरिकलाई अमेरिका भ्रमणमा प्रतिबन्ध लगाइएको छ । अमेरिकी सर्वाेच्च अदालतको पछिल्लो आदेशले आगामी ९० दिनसम्म ती देशका नागरिकलाई अमेरिका भ्रमणमा प्रतिवन्ध लगाउने सरकारको नीतिलाई सदर गरेको छ । 

त्यसैगरी ती छ देशका शरणार्थीलाई १२० दिनसम्म रोक लगाइएको छ । यसबाट अमेरिकामा आतङ्ककारी भित्रिन रोक लाग्ने ट्रम्पको भनाइ रहेको छ । यस निर्णयको अमेरिकामा विरोध भइरहेको छ । अमेरिकी इरानीयहरुले आ–आफ्नो ट्वीटरमार्फत आफ्ना हजुरबा आमा आतङ्ककारी नभएको भनी विरोध गरेर ट्वीट गरेका छन् र उनीहरुले ती हजुरबा आमाको फोटो पनि ट्वीटरमा राखेका छन् । 

विशेष