News

दाङको दुवै उपमहानगरपालिकामा एमालेकै अग्रता

दाङको दुवै उपमहानगरपालिकामा एमालेकै अग्रता

 

असार - १६ । दाङको पछिल्लो विवरणअनुसार तुलसीपुर उपमहानगरपालिकामा एमालेका नगरप्रमुख पदका उम्मेदवार घनश्याम पाण्डेले २०९४ मत, नेपाली काँग्रेसका गेहेन्द्र गिरीले १६३१ मत र माओवादीका शेषुराम भण्डारीले २९६ मत प्राप्त गरेका छन् । 

उपप्रमुख पदमा एमालेका मायाँ आचार्यले १९९९ मत, नेपाली काँग्रेसका देवीका नेपालीले १७१९, र माओवादीका सीता वलीले ३०८ मत प्राप्त गरेका छन् । 

त्यसैगरी घोराही उपमहानगरपालिकामा एमालेका नरुलाल चौधरीले २०५४ मत, नेपाली काँग्रेसका भूपबहादुर डाङ्गीले ११८६ मत र माओवादी केन्द्रका जीवन गौतमले ५३७ मत प्राप्त गरे । 

विशेष