News

उपप्रधानमन्त्री श्रेष्ठलार्इ जापानी राजदूतले भटे

उपप्रधानमन्त्री श्रेष्ठलार्इ जापानी राजदूतले भटे

 

असार - १६। उपप्रधानमन्त्री एवम् शिक्षामन्त्री गोपालमान श्रेष्ठसँग नेपालका लागि जापानी राजदूत मासासी ओगावाले शुक्रबार शिष्टाचार भेट गरेका छन् । 

शिक्षा मन्त्रालयमा भएको भेटमा शिक्षा क्षेत्रको विकासका लागि व्दिपक्षीय महत्वका विषयमा छलफल भएको श्रेष्ठका स्वकीय सचिव चिरञ्जीवी भण्डारीले जानकारी दिए। 

भेटमा राजदूत ओगावाले भूकम्पको समयमा जापानी सरकारले तत्काल राहत दिनेदेखि विद्यालय पुनःनिर्माणमा गरेको सहयोगको स्मरण गराउँदै उपप्रधानमन्त्री एवम् शिक्षामन्त्री श्रेष्ठको सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । 

उपप्रधानमन्त्री श्रेष्ठले सुविधाविहीन परिवारका क्षमतावान विद्यार्थीका लागि छात्रवृत्ति उपलब्ध गराउने, आधुनिक प्रविधिको विकास, कर्मचारीको क्षमता विकासका लागि जापान सरकारको सहयोग आवश्यक रहेको बताएका थिए। 

सो अवसरमा राजदूत ओगावाले नेपालको समग्र विकासका लागि जापानी सरकार आवश्यक सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे । 

विशेष