News

विषाक्त खानाले आमा छोराको मृत्यु, २ जना सिकिस्त

विषाक्त खानाले आमा छोराको मृत्यु, २ जना सिकिस्त

जेठ २० बिषाक्त खाना खाँदा म्यादीको मंगला छिस्वाङमा एकै परिवारका २ जनाको मृत्यु भएको छ भने २ जना सिकिस्त बिरामी परेका छन् ।

बिषात्त खानाले मंगला छिस्वाङ म्याग्दीकी चिना गुरुङ र उनका १४ महिने छोरा प्रज्ञा गुरुङको ज्यान गएको हो । सँगै खाना खाएका उनका श्रीमान् र फुपु भने सिकिस्त छन् ।


सिकिस्त दुई जनाको पोखरास्थित सेवा अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका अनुसार, उनीहरुको अवस्था गम्भीर छ ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार उनीहरु शुक्रबार राति खाना खाएर सुतेका थिए । सुतेकै अवस्थामा दुई जनाको मृत्यु भएको र दुई सिकिस्त बिरामी भएको प्रहरीले जानकारी दिएको छ ।

विशेष