News

अन्तराष्ट्रिय बाजा महोत्सवमा नेपाल सहभागी हुने

अन्तराष्ट्रिय बाजा महोत्सवमा नेपाल सहभागी हुने

जेठ २० । दक्षिण कोरियाको गेङजु सहरमा यही जेठ २६ देखि २८ गतेसम्म हुने गेङजु वल्र्ड ट्रेडिसनल विन्ड इन्स्ट्रुमेन्ट फेस्टिभल २०१७ मा नेपालका तर्फबाट चारुमती बुद्धिस्ट मिसन नेपालले सहभागिता जनाउने भएको छ ।

गेङसाङबुक–डु प्रदेश र गेङजुको सहयोगमा हुने उक्त महोत्सवमा विश्वका ३० मुलुकका विभिन्न बाजा प्रदर्शनी हुने छ । शुक्रबार त्यहाँ आयोजित पत्रकार सम्मेलनमा चारुमती बुद्धिष्ट मिसन नेपालका संस्थापक अध्यक्ष भिक्षु तपस्सी धम्मले काठमाडौँ उपत्यकाका नेवार समुदायले प्राचीन समयदेखि बजाउँदै आएका विभिन्न बाजा अन्तराष्ट्रिय तहमा प्रचारका साथै प्रवद्र्धन गरी मुलुकको गौरव बढाउने उद्देश्यले सो कार्यक्रममा सहभागी हुन लागिएको जानकारी दिए ।

नेपालका तर्फबाट वरिष्ठ वाद्यवादक प्रा न्हुछेबहादुर डंगोल, वरिष्ठ वाद्यगुरु एवम् बाँसुरी वादक धर्म मुनिकार र सारंगी वादक सुजिना वज्राचार्य सो सांगीतिक महोत्सवमा भाग लिन यही जेठ २३ गते दक्षिण कोरिया जानु हुनेछ ।

बाजा प्रदर्शनीमा नेपालका पछिमा, कोंचाखिं, नगरा, पोंगा, कान्तां डबडब, सारंगी, मादल, नरसिंगा, कर्नाल, सहनाई, बाँसुरी, बय्, ताः बबूलगायत समावेश हुनेछ । विश्वका परम्परागत फुक्ने बाजाको महोत्सव हुने सो कार्यक्रममा नेपालको परम्परागत ऋतु धूनसमेत प्रस्तुत गरिने छ ।

नेपाली बाजा

विशेष