आवश्यक भन्दा बढि रुख काटेको भन्दै ऋषी कपूरमाथि मुद्दा दायर
जेठ २० । बलिउड अभिनेता ऋषी कपूरमाथि मुद्दा दायर भएको छ । अनुमतीभन्दा बढि रुख काटेको भन्दै मुम्बई पुलिसले उनीमाथि मुद्दा दर्ता गरेको हो ।
उनीसँगै रुख काट्नका लागि उनले नियुक्त गरेका ठेकेदारमाथि पनि मुद्दा दर्ता भएको छ ।
यसबारेमा बोल्दै कपूरले आफू निर्दोष भएको र छिमेकीहरुको रिसिबीका कारण यस्तो भएको बताएका छन् । प्रहरीले यसको कारबाही चाँडै नै सुरु गर्ने बताइएको छ ।