News

चार वर्षदेखि उपचार गराइरहेका कांग्रेस नेता बास्ताेलाकाे स्वास्थ अवस्था बुझ्न घरमै पुगिन् राष्ट्रपति

चार वर्षदेखि उपचार गराइरहेका कांग्रेस नेता बास्ताेलाकाे स्वास्थ अवस्था बुझ्न घरमै पुगिन् राष्ट्रपति

जेठ २० । ४ वर्षदेखि मस्तिष्कघातबाट थलिएका नेपाली कांग्रेस नेता चक्रप्रसाद बास्तोलाको स्वास्थ्य अवस्थाबारे राष्ट्रपति विद्यादेवी भण्डारीले जानकारी लिएकी छन् ।

आज शनिबार ललितपुरको खुमलटारस्थित बास्तोलाको घरमै पुगेर राष्ट्रपति भण्डारीले स्वास्थ्य अवस्थाको जानकारी लिएकी हुन् ।

पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका बास्तोलाको चार वर्षदेखि अचेत अवस्थामै उपचार भइरहेको छ ।

विशेष