News

तीन नमुना बस्तीपछि धुर्मुस–सुन्तलीले ‘नमुना नेपाल’ बनाउने

तीन नमुना बस्तीपछि धुर्मुस–सुन्तलीले ‘नमुना नेपाल’ बनाउने

जेठ २० । भूकम्पपछिका दिनहरु धुर्मुस सुन्तलीका लागि साँच्चै नै लाभपूर्ण रहे । काभ्रेको डाँडागाउँमा एकीकृत नमुना पहरी बस्ती, सिन्धुपाल्चोकको गिराञ्चौरमा गिराञ्चौर एकीकृत नमुना बस्ती र महोत्तरीको बर्दिवासमा एकीकृत नमुना मुसहर बस्ती निर्माण गरेर चौतर्फी प्रशंशा बटुलेको धुर्मुस सुन्तली फाउण्डेशनले फेरि नयाँ प्रोजेक्टको घोषणा गर्न लागेको छ ।

‘नमुना नेपाल’ नाम दिइएको उक्त परियोजनाले पुरा नेपालको झल्को दिने र पर्यटन प्रबद्र्धनको लागि महत्वपुर्ण टेवा पुग्ने फाउन्डेसनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा नमुना नेपाल परियोजना आफूहरुको सबैभन्दा ठूलो परियोजना र नेपाल चिनाउने अभियान समेत भएको उल्लेख गरिएको छ भने सो परियोजनाको घोषणा सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी गरिने बताइएको छ ।

 

विशेष