यो वर्ष मनसुन चाडो हुने सम्भावना
जेठ २० सामान्यतया १० जुनमा पूर्वी नेपालवाट मनसुन प्रवेशगरि केहि दिनमा देशभर फैलिने गर्दछ। तर, यस वर्ष नेपालमा मनसुन सामान्य भन्दा केहि दिन अगाडी शुरु हुने अनूमान छ।
दक्षिण एशियामा, मनसुन बंगालको खाडीहुदै उत्तर पूर्वतिर अगाडी बढ्ने गर्दछ। हाल सम्मको मौसमी नक्सा तथा भूउपग्रहको चित्रहरुबाट प्राप्त सूचनाका आधारमा पूर्वी र मध्य बंगालको खाडीमा तथा बंगलादेशको मध्य भागसम्म मनसून बिकसित भैसकेको हुँदा, नेपालमा मनसून केही दिन अगाडी भित्रिने (शुरु हुने) अनूमान छ।