विदेश

फ्रान्सेली राजनेता जसले ट्रम्पलाई टक्कर दिन सक्छन्

फ्रान्सेली राजनेता जसले ट्रम्पलाई टक्कर दिन सक्छन्

जेठ २१ फ्रान्सली राष्ट्रपति इम्यानुएल मेक्रोले एक दुर्लभ गौरव हासिल गरेका थिए । उनको ट्वीटरमा पोस्ट भएको सामाग्री फ्रान्सेली इतिहासमा सवैभन्दा धेरै पटक रि–ट्वीट भएको छ ।

अर्थात सामाजि सञ्जालमा पेरिस सम्झौतालाई लिएर उनको रायलाई धेरै मानिसहरुले समर्थन गरेका थिए ।
२४ घण्टाभन्दा पनि कम समयमा उनले डोनाल्ड ट्रम्पको फैसलालाई पठाएको एक सन्देशमा करिब डेढ लाख शेयर गरिएको छ ।

रमाइलो कुरा के छ भने जसले मेक्रोको सन्देशको समर्थन गर्दै रि ट्वीट गरेका छन् उनीहरुमा हर पाँचौ व्यक्ति अमेरिकी नागरिक हुन् ।

प्रतिक्रिया अंग्रेजि भाषामा दिइएको थियो जुन आफैमा अनौठो मानिएको छ ।

अनौठो तरिकाबाट मेक्रोले नारा दिएका छन् कि पृथ्वीलाई एकपटक फेरि हराभरा बनाउने कोशिश गरौं ।’
बीबीसीका अनुसार मेक्रोको यस ट्वीटले उनलाई एक नयाँ पहिचान पनि दिएको छ । जुन पहिचान ‘ट्रम्प विरोधी’ छ ।

फ्रान्सेसी नेताको यस पहिचानलाई मानिसहरुले मन पराएका छन् । फ्रान्समा अमेरिकामा तथा विश्वभरमा पनि ।
म्याक्रोले ट्रम्पका बारेमा लेखेको ट्वीटले ट्रम्पको आदेशले कयौं समिकरण बदलिने छ । एजेन्सी

विशेष