News

भरतपुर मतगणनाको विवादको टुंगो सर्वोच्चले भोलि लगाउने

भरतपुर मतगणनाको विवादको टुंगो सर्वोच्चले भोलि लगाउने


जेठ २१ । चर्को विवादका कारण भरतपुर महानगर वडा नं १९ को चुनावी प्रकरण सर्बोच्च अदालतसम्म पुगेको छ ।

भरतपुर महानगर वडा नं १९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्बोच्चमा रिट दायर भएको छ ।

रिट दर्ता भएसँगै भोलिका लागि पेशी तोकिएको बताइएको छ । भरतपुर १९ नंः वडाका एमालेका सदस्य उम्मेदवार गुन्जमान विक र अधिवक्ता तुलसीराम पाण्डेले अदालतमा रिट दर्ता गराएका हुन् ।

रिटमा भरतपुरको पुनःमतदान गराउने निर्वाचन आयोगको निर्णय बदर गरी च्यातिएका ९० मतपत्र बदर मानेर मतगणना कार्य सूचारु गर्न गराउन उत्प्रेषणयुक्त परमादेश माग गरिएको छ ।

निर्वाचन आयोगको निर्णय गैर संवैधानिक, गैरकानुनी, स्थापित मूल्य मान्यता विपरित, पूर्वाग्रहपूर्ण र नियोजित भएको रिटमा उल्लेख गरिएको छ ।

विशेष