विदेश

बेलायतमा फेरि अर्को आतंकारी हमला, ६ जनाको मृत्यु

बेलायतमा फेरि अर्को आतंकारी हमला, ६ जनाको मृत्यु


जेठ २१ । बेलायतको लन्डनस्थित चर्चित लन्डन ब्रिजमा आतंककारी आक्रमण भएको छ ।

भ्यानमा आएका तीन जना हतियारधारीले लन्डनब्रिजमा पैदलयात्रुलाई ठक्कर दिँदै अन्धाधुन्ध छुरा प्रहार गरेको अधिकारीहरुले जनाएका छन् । घटनामा ५-६ जनाको मृत्यु भएको जनाइएको छ । मृतकको संख्याबारे यकिन विवरण सार्वजनिक भइसकेको छैन ।

प्रहरी स्रोतले प्रारम्भमा एकजनाको मृत्यु भएको पुष्टि गरे पनि केही अन्तर्राष्ट्रिय संचारमाध्यमले ५÷६ जनाको मृत्यु भएको विभिन्न स्रोतलाई उद्धृत गर्दै जनाएका छन् । हमलामा कम्तीमा ६ जना घाइते भएका छन् ।

लन्डन प्रहरीले यो घटनालाई आतंककारी आक्रमण भनेको छ । प्रत्यक्षदर्शीहरुका अनुसार सडक पेटीमा हिँडिरहेका मानिसलाई लक्षित गरी आतंककारीहरुले सेतो रंगको भ्यान गुडाएका थिए ।

घटनापछि लन्डन ब्रिजमा आवागमनमा रोक लगाइएको छ । प्रहरीले अभियुक्तहरुको खोजी जारी राखेको र अनुसन्धान शुरु गरिएको जनाएको छ ।

यसैबीच लन्डन प्रहरीले आक्रमण भएको ब्रिज नजिकैको बजारमा क्षेत्रमा पनि छुरा हमला भएको र त्यसबारे पनि अनुसन्धान भइरहेको जनाएको छ । घटना भएको स्थान लन्डन रेलवे स्टेसन नजिक पर्छ ।

विशेष