विदेश

भयानक बस दुर्घटना २२ जनाको जलेर मृत्यु

भयानक बस दुर्घटना २२ जनाको जलेर मृत्यु


जेठ २२ । भारत उत्तरप्रदेशको बरेली बजारमा ट्रक र रोडवेजको बस आपसमा ठोकिँदा २२ जनाको ज्यान गएको छ ।

बस र ट्रक दुबैमा आगो लागेको थियो । आगोले गर्दा बसमा बसेका यात्रुमध्ये २२ जना जले र उनीहरूको मृत्यु भयो । भने १५ जना घाइे भएका छन् ।

आइतबार राति झन्डै दुई बजे एनएच–२४ राजमार्गमा गोन्डा डिपोको रोडवेज बस दिल्ली आइरहेको थियो । बस गलत साइडमा थियो र अचानक लखनऊबाट आइरहेको ट्रकसँग नराम्रोसँग ठोकियो । ठोकिनासाथ बसको डिजल ट्यांकी फुट्यो र बसमा आगो सल्कियो ।

ट्रकमा पनि यसरी नै आगो लाग्यो । घटनाको सूचना प्राप्त हुनासाथ फायर बिग्रेडका गाडीहरू घटनास्थलमा पुगे र आगो निभाए । भारतीय संचारमाध्यमले जनाएका छन् ।

आगोमा नराम्ररी जलेकाले मृतकहरूको पहिचान हुन सकेको छैन

विशेष