News

भरतपुरको विवादबारे आज फैसला हुँदै

भरतपुरको विवादबारे आज फैसला हुँदै

जेठ २२ । भरतपुर महानगरपालिका वडा नं. १९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयको विरोधमा सर्बोच्च अदालतमा दायर रिटको आज सुनुवाई हुदैछ ।

सर्वोच्च अदालतका न्यायधीश चेलेन्द्र शम्सेर राणाको एकल इजलासमा परेको रिटलाई आजका लागि एक नम्बरमा पेशी तोकिएको छ । 

यसअघि प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको मुद्धामा भाबुक शैलीमा फैसला गरेका नयायाधीश राणाले भरतपुर प्रकरणमा फैसला कस्तो गर्ने हुन् भन्ने चासो सर्वत्र बढेको छ ।

भरतपुर महानगरपालिका वडानम्बर १९ का एमालेका सदस्य उम्मेदवार गुन्जमान विक र अधिवक्ता तुलसीराम पाण्डेले निर्वाचन आयोगको निर्णय बदर गर्नुपर्ने भन्दै उत्प्रेषण माग गरेका थिए । रिट निवेदकले च्यातिएका ९० मतपत्र बदर मानेर मतगणना गर्न गराउन उत्प्रेषणयुक्त परमादेशको माग गरेका छन्

विशेष