विदेश

आतंकवादीलाई सहयोग गरेको भनेर कतारलाई घेरे वरपरका चार देशले

युएइले दियो कतारी राजदूतलाई देश छाड्न ४८ घण्टे अल्टिमेटम

आतंकवादीलाई सहयोग गरेको भनेर कतारलाई घेरे वरपरका चार देशले


जेठ २२ । आतंकारीलाई सघाएको आरोपमा कतारसंग चार अरब देशहरुले कुटनीतिक सम्बन्ध तोडेका छन् ।

चार अरब देशहरु इजिप्ट, बहराइन, साउदी अरब र युएइले कतारले आतंकारीसंस्था ब्रदरहुडलाई समर्थन गरेको कारणले उ संग सम्बन्ध तोडेको जनाएका छन् ।

साउदीले आफ्नो सीमामा सिल गरेको छ । त्यस्तै साउदीबाट कतार जाने सबै हवाई अड्डाहरु बन्द गरिएका छन् भने इजिप्टले पनि आफ्ना बन्दरगाह सबै बन्द गराएको छ । त्यस्तै यएइले दुबइमा कार्यरत कतारी राजदूतलाई देश छाड्न ४८ घण्टे अल्टिमेटम दिएको छ ।

विशेष