News

बेपत्ता किशोर मृत अवस्थामा फेला

बेपत्ता किशोर मृत अवस्थामा फेला

जेठ २२ । नवलपरासीमा भारतीय नहरमा डुबेर बेपत्ता भएका एक किशोर आज(साेमबार)  बिहान मृत अवस्थामा फेला परेका छन् । सुस्ता गाउँपालिका–२ बस्ने भगवती हजामक छोरा अन्दाजी वर्ष १६ का कमलेश हजामको भारतीय पश्चिमी नहरमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए । उनको शव नहरमा पानी सुकाएर झिकिएको प्रहरीले जनाएको छ ।

नवलपरासीको सुस्ता गाउँपालिकाअन्तर्गत कुडियाको साइफन नजिक भारतीय पश्चिमी नहरमा डुबेर कमलेश बेपत्ता भएका थिए ।

 

Death

विशेष