News

भ्रष्ट्राचार अभियोग लागेर पक्राउ परेका शर्मा अस्पताल भर्ना

भ्रष्ट्राचार अभियोग लागेर पक्राउ परेका शर्मा अस्पताल भर्ना

जेठ २२ भ्रष्टाचार अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा पक्राउ गरिएका राजश्व विभागका महानिर्देशक चुडामणी शर्माको स्वास्थ्यमा समस्या देखिएको छ ।

स्वास्थ्यमा समस्या देखिएको भन्दै शर्मालाई वीर अस्पतालको इमरजेन्सीमा भर्ना गरिएको छ ।

अख्तियार स्रोतका अनुसार विहानसम्म तन्दरुस्त रहेका शर्माको स्वास्थ्यमा विहानको खाना खाएपछि एकाएक समस्या आएको हो ।

उनले आफ्नो स्वास्थ्यमा समस्या आएको भन्दै अस्पताल लैजान माग गरेका थिए । त्यसपछि उनलाई वीर अस्पताल लगिएको हो ।


भ्रष्टाचार अभियोगमा पक्राउ परेका शर्मालाई आइतवार विशेष अदालतले ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

अख्तियारले शर्मालाई गत शुक्रबार कार्यालयबाटै पक्राउ गरेको थियो ।

विशेष