News

टोपबहादुरको दाबी देउवा सरकारमा पार्टीको नेतृत्व गर्ने

टोपबहादुरको दाबी देउवा सरकारमा पार्टीको नेतृत्व गर्ने

जेठ २२ नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले देउवा सरकारमा पार्टीको नेतृत्व आफूले गर्न पाउनु पर्ने दाबी गरेका छन् ।

सरकारमा जाने विषयमा पार्टीभित्र कुनै विवाद नरहेको उनले बताए । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा संसदीय दलका उपनेता रायमाझीले भने, ‘अब बन्ने सरकारमा पार्टीबाट कसले नेतृत्व गर्ने र कोको सहभागी हुने भन्ने छिट्टै टुँगो लाग्छ, यसमा पार्टी नेतृत्वले जिम्मेवार भएर निर्णय गर्छ भन्ने मैले विश्वास लिएको छु ।’

देउवा सरकारमा पार्टीको नेतृत्व कसले गर्ने भन्ने प्रश्नमा रायमाझीले भने, ‘म संसदीय दलको उपनेता हुँ । म दाबेदार भन्दा पनि यो कुरा स्वभाविक हुनपर्ने हो ।’

विशेष