News

दश महिने कार्यकाल सफल – कानुनमन्त्री नायक

दश महिने कार्यकाल सफल – कानुनमन्त्री नायक

जेठ २२ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशंकर नायकले संविधान कार्यान्वयनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आफ्नो १० महिने कार्यकाल सफलताका साथ सम्पन्न भएको बताएका छन् ।

मन्त्रालयले आज(सोमबार) आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आफ्नो १० महिने कार्यकाल राम्रो भएको चर्चा गर्दै पार्टीले जिम्मेवारी दिएमा पुनः काम गर्न इच्छुक रहेको उल्लेख गरे ।

संविधान कार्यान्वयनका विषयमा शंका उपशंका गर्ने कुनै ठाउँ छैन भन्दै मन्त्री नायकले शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्याउनका लागि निर्माण भएका सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगका ऐन छिट्टै संशोधन हुने बताए ।

मन्त्रालयका सचिव कमलशालि घिमिरेले १० महिने कार्यकालमा एकपटकसम्म विदेश भ्रमण नगइकन क्रियाशील रुपमा मन्त्री नायकले काम गरेको चर्चा गरे ।
संविधान कार्यान्वयनसम्बन्धी ४० वटा विधेयक व्यवस्थापिका–संसद्बाट पारित भई कार्यान्वयनमा आइसकेको र ४१ विधेयक संसद्मा विचाराधीन अवस्थामा रहेको मन्त्रालयले जनाएको छ ।

Ajay Shankar Nayak

विशेष