News

जेब्रा क्रसिङबाट बाटो काट्ने क्रममा युवतीको मृत्यु

जेब्रा क्रसिङबाट बाटो काट्ने क्रममा युवतीको मृत्यु

जेठ २२ । बसको ठक्करबाट आज(साेमबार) बिहान स्थानीय बसुन्धरामा एक युवतीको मृत्यु भएको छ ।

जेब्रा क्रसिङबाट बाटो काट्ने क्रममा ना४ख ४२६२ नंको बसले ठक्कर दिँदा सुनसरी घर भई हाल सुकेधारा बस्ने २३ वर्षीया रवीना चौधरीको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरीवृत्त चक्रपथका प्रमुख गोविन्द पुरीले जानकारी दिए । प्रहरीले बस र बसका चालक विनय तामाङलाई नियन्त्रणमा लिएको छ ।

Death

विशेष