विदेश

यस्तो छ मोदीको डिजिटल इण्डियाकाे नारा, केन्द्रिय मन्त्री रुखमा चढेर फोन गर्छन्

यस्तो छ मोदीको डिजिटल इण्डियाकाे नारा, केन्द्रिय मन्त्री रुखमा चढेर फोन गर्छन्

जेठ २२ । मोबाइलमा नेटवर्क नभएपछि भारतका एक केन्द्रीय मन्त्रीले रुखमा चढेर फोन गरेका छन् ।

केन्द्रिय वित्त राज्यमन्त्री अर्जुन राम मेघवालले संसदीय क्षेत्रको भ्रमणका क्रममा मोबाइल नेटवर्कको समस्या सामना गर्नु परेको हो । आइतबार आफ्नो संसदीय क्षेत्र बीकानेरको भ्रमणमा रहेका उनले ढोलिया गाउँमा नेटवर्क नभएपछि रुखमा चढेर मोबाइल फोनमा कुरा गरेका हुन् ।

 

स्थानीयले गाउँको अस्पतालमा नर्स नभएको गुनासो गरेपछि उनले सम्बन्धित अधिकारीलाई यसबारे जानकारी गराउन र नर्सको व्यवस्था मिलाउन निर्देशन दिन खोजेका थिए । तर फोनमा नेटवर्क नभएपछि उनको प्रयास सफल हुन सकेको थिएन ।

गाउँलेले नै अग्लो ठाउँमा कतै कतै नेटवर्क आउँछ भनेपछि मन्त्री मेघवालले रुखमा चढेर फोन सम्पर्क गरेका हुन् । उनलाई रुखमा चढ्नका लागि गाउँलेले एउटा सिँढीको व्यवस्था गरिदिएका थिए ।

सिँढीमार्फत रुखमा चढेर उनले मोबाइलमा कुरा गरेको दृष्य केही ग्रामिण युवाले आफ्नो मोबाइलमा कैद गरेका थिए । तिनै ग्रामिण युवाले खिचेका केही तस्वीर र भिडियो अहिले भारतमा निकै भाइरल बनेको छ ।

‘डिजिटल इन्डिया’ को नारा दिइरहेको मोदीको अहिले सामाजिक संजालमा आलोचना भएको छ ।

विशेष