विदेश

लण्डन ब्रिज हमलाकारी १२ पक्राउ

लण्डन ब्रिज हमलाकारी १२ पक्राउ


जेठ २२ । बेलायतका प्रहरीले तीन जना हमलाकारीको पहिचान भएको थाहा भएको जनाएको छ ।  तर उनीहरुले हमलाकारीहरुको पहिचान नखुलाउन सञ्चारमाध्यमलाई आग्रह गरेका छन् ।

शनिबार ’लण्डन ब्रिज’ मा पैदलयात्रुमाथि तीनजनाले एउटा भ्यान लगेर ठोक्काइ नजिकैको ’बरो मार्केट’ का पब र रेष्टुराँहरुमा रहेका मानिसमाथि छुरा प्रहार गर्दा सातजनाको ज्यान गएको थियो । घटनामा ५० जना घाइते भएका छन् ।

शनिबार रातिको हमलापछि प्रहरीले पूर्वी लण्डनमा १२ जनालाई पक्राउ गरिएको र खोजी कार्य अझै जारी रहेको बताएको छ । शनिबारको आक्रमणमा मारिनेमा फ्रान्स र क्यानाडाका एकरएक जना पनि छन् । घाइतेमध्ये २१ जनाको स्थिति गम्भीर रहेको बताइएको छ ।

विशेष