News

तीन नगरकार्यपालिकामा कार्यपालिका गठित

तीन नगरकार्यपालिकामा कार्यपालिका गठित

जेठ २३ । स्थानीय तहअन्तर्गत भक्तपुरका तीन नगरपालिकाको कार्यपालिका गठन भएको छ । सोअनुसार मध्यपुरथिमिको नगर कार्यपालिकामा महिला, दलित वा अल्पसङ्ख्यक आठै सदस्यमा नेपाली काँग्रेसका उम्मेदवारर विजयी भएका छन् ।

महिलाबाट अरुणा कारञ्जित, बिनु केसी, मीरा खड्का, रमिता जिमा सांय श्रेष्ठ, र सुजाता वादे तथ दलित वा अल्पसङख्यकबाट चन्द्रवती मिजार, बिलबहादुर विश्वकर्मा र विष्णु परियार निर्वाचित भएको निर्वाचन अधिकृत चन्द्रकुमार पोखरेलले जानकारी दिए।

भक्तपुर नगरपालिकामा भने महिला सदस्यका लागि नेमकिपाको मात्र उम्मेदवारी परेको थियो । भक्तपुर नगरमा गठन भएको १७ सदस्यीय नगर कार्यपालिकामा नेमकिपाका तर्फबाट सुनिता प्रजापति, कृष्णलक्ष्मी दुवाल, सरिना द्यौला, रोशनमैयाँ सुवाल र छोरीमैयाँ सुजखू प्रजापति निर्विरोध निर्वाचित भएका छन् ।

नगरपालिकामा दलित वा अल्पसङ्ख्यक सदस्यका लागि उम्मेदवारी नै नपरेको मुख्य निर्वाचन अधिकृत भोजराज शर्माले जानकारी दिए। सूर्यविनायक नगरकार्यपालिकामा गठन भएको २० सदस्यीय कार्यपालिकामा एमालेका तर्फबाट दलित वा अल्पसङ्ख्यक सदस्यमा हिरामाया शेर्पिनी, राजेन्द्र भुजेल र दीपक विशुङ्खे तथा महिला सदस्यमा सुुभद्रा खत्री, तारा खतिवडा सापकोटा, अम्बिका न्यौपाने, जुनुमाया तामाङ, तारा बस्नेत खड्का निर्वाचित भएका छन् ।

निर्वाचित महिला, दलित वा अल्पसङ्ख्यक सदस्यलाई शपथसँगै प्रमाणपत्र वितरण गरिएको नगरप्रमुख वासुदेव थापाले जानकारी दिए । चाँगुनारायण नगरपालिकामा भने यही जेठ ३१ गते कार्यपालिकाको चुनाव हुने भएको छ ।

Bhaktapur

विशेष