News

प्रधानन्यायाधीश सुशीला कार्कीको पेन्सन पट्टा अर्थले रोक्योः ओली

प्रधानन्यायाधीश सुशीला कार्कीको पेन्सन पट्टा अर्थले रोक्योः ओली

जेठ २३ विपक्षी दलका नेता केपी शर्मा ओलीले प्रधानन्यायाधीश सुशीला कार्कीको पेन्सन पट्टा बनाउन अर्थ मन्त्रालयले रोकेको गुनासो संसदमा गरेका छन् ।

प्रधानन्यायाधीश सुुशीला कार्कीले मंगलबार नियमित अवकाश लिएकी छन् । उनी सोमबार अर्थ मन्त्रालयमा गएकी तर, महाअभियोग लागेको भन्दै उनको पेन्सन पट्टाको कागज बनाउन रोकेको ओलीले संसदमा सुनाए ।

मंगलबारको संसदलाई सम्बोधन गर्दै ओलीले भने, ‘असहमति हुने वित्तिकै यस्तो अपमानजनक व्यवहार गर्न सुहाउँदैन ।’

महाअभियोग लागेको थाहा पाउने अर्थ मन्त्रालयले फिर्ता भएको किन थाहा पाएन भन्दै ओलीले प्रश्न गरे, ‘अर्थ मन्त्रालय कसको निर्देशनमा चल्छ ?’

विशेष