News

राजसंस्थाको अन्त्यपछि पहिलो पटक गोरखा पुगिन् हिमानी

राजसंस्थाको अन्त्यपछि पहिलो पटक गोरखा पुगिन् हिमानी

जेठ २३ । धेरै लामो समयपछि पूर्व राजपरिवारका सदस्यहरुले आफ्नो कुल घराना रहेको गोरखा दरवारमा पाइला टेकेका छन् ।
राजपरिवारको कुलदेवतासमेत रहेको गोरखा कालिकामा मंगलबार कुल पूजाका लागि पूर्व युवराज्ञी हिमानी शाह आफ्ना छोरीहरु कृतिका, पूर्णीमा र छोरा ह्दयन्द्रको साथमा गोरखा पुगेकी थिइन् ।

छोरा ह्दयन्द्रको व्रतबन्ध गर्नुअघि कुल देवताको पूजा गर्न गोरखा दरबार आएको बताउँदै उनले ४५ मिनेटसम्म कुल देवताको पूजा गरिन् ।
पूर्व राजपरिवारका सदस्यहरु राजतन्त्रको अन्त्य हुनुअघि वार्षिक रुपमा दरवारको भ्रमण गर्ने गर्थे ।

तर, राजतन्त्रको अन्त्यसँगै राजपरिवार पनि गोरखा धाउन छोडेका थिए । यो पटक भने राजसंस्थाको अन्त्य भएपछि पहिलो पटक हिमानी शाह गोरखा पुगेकी हुन् ।

himani shah

विशेष