कसैको दबाबले होइन आफ्नै इच्छाले राजीनामा दिएको हुँः प्रधानमन्त्री दाहाल
जेठ २३– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले कसैको दबाबमा नभइ स्वैच्छिक रुपमा राजीनामा दिएको बताएका छन्।
मंगलबार हुन लगेको नयाँ प्रधानमन्त्रीको निर्वाचन अघि प्रस्तावकका रुपमा बोल्दै प्रधानमन्त्री दाहालले आफूले काँग्रेससँग गरेको भद्र सहमतिका आधारमा राजीनामा दिएको बताए।
निर्वाचनको बीचमा किन राजीनामा दिनुभयो भन्ने प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीको प्रश्नमाथि जवाफ दिँदै उनले यस्तो बताएका हुन्।