News

गुणस्तरहीन निस्कियो रामदेवको पतञ्जलीका औषधि, नेपालमा विक्री गर्न रोक

गुणस्तरहीन निस्कियो रामदेवको पतञ्जलीका औषधि, नेपालमा विक्री गर्न रोक

जेठ २३ । रामदेवको पतञ्जली आयुर्वेदिक केन्द्रले उत्पादन गरेका चार औषधीहरु विक्री गर्न नेपाल सरकारले निषेध गरेको छ । एक सूचना जारी गरी स्वास्थ्य मन्त्रालय अन्तर्गतको औषधि व्यवस्था विभागले गुणस्तर परीक्षण गर्दा न्यून गुणस्तरको पाइएकाले उक्त केन्द्रबाट उत्पादित चार प्रकारका औषधिलाई नेपाली बजारमा विक्री वितरणमा प्रतिबन्ध लगाइएको हो । साथै विभागले बजारमा रहेका ती औषधि तुरुन्त फिर्ता गर्न निर्देशनसमेत दिएको छ ।

विभागले औषधि ऐन २०३५ को दफा १४ अनुसार यस्तो निर्णय गरेको जनाएको छ । बजारमा रहेका त्यस्ता औषधिको विवरण औषधि व्यवस्था विभागमा पेश गर्न आयातकर्ता तथा उक्त कम्पनीका आधिकारीक प्रतिनिधिलाई निर्देशन दिइएको छ । उपभोक्तालाई पनि ती औषधिहरु प्रयोग नगर्न आह्वान गरिएको छ ।

विभागले प्रतिबन्ध लगाएका आयुर्वे्दिक औषधिमा विलादी चुर्ण, अभिपत्तिकर चुर्ण, अजमोदादी चुर्ण र सितोपलादी चुर्ण रहेका छन् ।

Ramdev, Patanjali

विशेष