News

विकासको गतिमा लैजाने कांग्रेसको स्पष्ट मिसन होः रामचन्द्र पौडेल

विकासको गतिमा लैजाने कांग्रेसको स्पष्ट मिसन होः रामचन्द्र पौडेल

जेठ २३ –नेपाली कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले देशलाई निकास र जनतालाई विकास चाहिएको बताएका छन् । मंगलवार संसदमा कांग्रेस सभापति शेरबहादुर देउवाको प्रधानमन्त्री पदको उम्मेदवारीमा समर्थन जनाउँदै यस्तो बताएका हुन् ।

उनले नेपालीको जीवनस्तर माथि उठान र नेपाललाई सम्बृद्ध बनाउनु पर्ने समय आएको बताए । उनले देउवाका प्रस्तावक पुष्पकमल दाहाल प्रचण्ड प्रति धन्यवाद समेत ज्ञापन गरे । देशलाई एउटा व्यवस्था दिँदै मुलुकको विकास गर्नुपर्ने उनले बताए ।

उनले कांग्रेस नेतृत्वको सरकारले उन्नती अगाडी बढाउन चाहेको बताए । विपी कोइराला लगायतका नेताहरुले जुन बाटो कोरेका छन् त्यही मार्गबाट नै देशलाई अगाडी बढाउन आफूहरुले चाहेको पौडेलले बताए । उनले नेपालमा धेरै प्रयोग भएकोले अब प्रयोगतर्फ लाग्न नहुने बताए ।

अब लोकतन्त्रको माध्यमबाट देशलाई सम्बृद्ध बनाउन चाहेको उनले बताए । निमुखा जनताले न्याय र विपन्नले न्याय पाउनुपर्ने समेत उनले बताए ।

विशेष