News

जाजरकोटमा बालमैत्री व्यवस्थापन प्रक्रिया सम्बन्धी गोष्ठी सम्पन्न

जाजरकोटमा बालमैत्री व्यवस्थापन प्रक्रिया सम्बन्धी गोष्ठी सम्पन्न

दीपबहादुर घर्ती

२३ जेठ । जिल्ला सदरमुकाम खलंगामा मंगलवार बालमैत्री ब्यबस्थापन प्रक्रिया सम्बन्धी एक दिने गोष्ठी सम्पन्न भएको छ । बाल दुव्र्यबहार, हिंसा र शोषणका घटना व्यबस्थापनलाई बालमैत्री बनाउन गोष्ठी सम्पन्न भएको हो ।

सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटको आयोजनामा बालमैत्री व्यवस्थापन प्रक्रिया सम्बन्धिको गोष्ठी सम्पन्न गरिएको थियो । गोष्ठीमा घटना विरुद्धको उजुरी कसरी लिने, उजुरी बुझ्ने फोकल पर्सन तोक्ने, टोल फ्रि नम्बरको व्यवस्था गर्ने, उजुरी कर्ताको नाम गोप्य राख्ने, घटनाको प्रमाण नष्ट हुन नदिन उजुरीकर्तालाई सचेतना दिने बिषयमा छलफल भएको पाँचतारा युवा संरक्षण मञ्च, जाजरकोटकी बाल संरक्षण अधिकृत तिला भण्डारीले जानकारी दिईन् ।

त्यसैगरी स्वास्थ्य परिक्षण, मनोविमर्श सेवालाई व्यवस्थित र प्रभावकारी बनाउन महिला डाक्टरको ब्यबस्था गर्नु पर्नेमा गोष्ठी केन्द्रित रहेको अधिकृत भण्डारीले बताईन् । प्रहरी अनुसन्धानलाई बालमैत्री बनाउन प्रहरी कार्यालयमा बालमैत्री अनुसन्धान कक्ष स्थापना गर्नुका साथै अपांग बालबालीकाहरुका लागि सांकेतिक भाषा तथा दोभाषेको व्यवस्था गर्नु पर्ने गोष्ठीले निस्कर्ष निकालेको थियो ।

त्यसैगरी अदालतको न्यायिक प्रणालीलाई बालमैत्री बनाउनका लागी बालमैत्री बयान कक्ष तथा बालमैत्री अदालतको व्यवस्था गर्नु पर्नेमा गोष्ठीले छलफललाई केन्द्रित गरेको थियो । नेपालको संविधान २०७२ ले नाम र पहिचानको हकलाई स’निश्चित गरेको भएता पनि जाजरकोटमा दुई नाम, दुई जन्म मिति भएको व्यक्ति एउटै हो भनेर सिफारिस गर्नु पर्ने समस्या रहेको निमित्त प्रमुख जिल्ला अधिकारी जनकराज शर्माले बताए ।

झण्डै ५ घण्टा सम्म चलेको गोष्ठीमा निमित्त प्रमुख जिल्ला अधिकारी, स्थानिय विकास अधिकारी, सरकारी वकिल, प्रहरी निरिक्षक, महिला तथा बालविकास अधिकृत, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रतिनिधी, जिल्ला अदालतका प्रतिनीधि, अन्य सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनीधि र पत्रकारहरुको सहभागिता रहेको थियो ।

गोष्ठी सम्पन्न

विशेष