देउवा चौथोपटक प्रधानमन्त्री बन्दै
जेठ २३– शेरबहादुर देउवा चौथोपटक प्रधानमन्त्री बन्दैछन् । संसदमा बैठक चलिरहेको छ । उनी प्रधानमन्त्रीका एक्ला उम्मेदवार हुन् र देउवाको पक्षमा झण्डै दुई तिहाई मत देखिएको छ ।तर, संसद नियमावली अनुसार एक मात्र उम्मेदवार भएपनि निर्विरोध घोषणा गर्न मिल्दैन ।
त्यसैले देउवाका प्रस्तावक, समर्थकले बोल्ने र देउवालाई प्रधानमन्त्रीमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेश हुनेछ ।प्रधानमन्त्रीमा निर्वाचित हुने कुल सदस्य संख्या ५९३ को बहुमत अर्थात २९७ मत प्राप्त हुनुपर्छ ।
कांग्रेस सभापति देउवाको पक्षमा झण्डै दुई तिहाई समर्थन देखिएको छ । देउवा सभापति रहेको कांग्रेसका २०६ सांसद छन् भने माओवादी केन्द्रका ८१, राप्रपाका ३७, फोरम लोकतान्त्रिकका १६ र फोरम नेपालका १५ सांसद छन् ।
यस्तै २४ सांसद रहेको राष्ट्रिय जनता पार्टीले पनि देउवालाई समर्थन गरेको छ ।तीन सांसद भएको नेकपा संयुक्त, एक९एक सांसद भएका अखण्ड नेपाल र समाजवादी जनता दल देउवाको उम्मेदवारीमा समर्थक नै बसेका छन् ।