News मुख्य समाचार

प्रधानमन्त्रीको कुर्सीमा देउवा चौथो पटक, नेकपा एमाले प्रमुख प्रतिपक्षी

प्रधानमन्त्रीको कुर्सीमा देउवा चौथो पटक, नेकपा एमाले प्रमुख प्रतिपक्षी

जेठ २३ –शेरबहादुर देउवा चौथोपटक ३८८ मत ल्याएर प्रधानमन्त्री भएका छन् । प्रधानमन्त्रीका एक्ला उम्मेदवार देउवा झण्डै दुई तिहाई मत ल्याएर प्रधानमन्त्री बनेका हुन् । उनी प्रधानमन्त्रीका एकमात्र उम्मेददार थिए । तर, संसद नियमावली अनुसार एक मात्र उम्मेदवार भएपनि निर्विरोध घोषणा गर्न नमिल्ने भएकाले चुनाव भएको थियो ।

प्रधानमन्त्रीमा निर्वाचित हुने कुल सदस्य संख्या ५९३ को बहुमत अर्थात २९७ मत प्राप्त हुनुपर्छ । देउवा सभापति रहेको कांग्रेसका २०६ सांसद, माओवादी केन्द्रका ८१, राप्रपाका ३७, फोरम लोकतान्त्रिकका १६ र फोरम नेपालका १५ सांसदको सर्मथनमा देउवा प्रधानमन्त्री भएका हुन् ।

यस्तै २४ सांसद रहेको राष्ट्रिय जनता पार्टीले पनि देउवालाई समर्थन गरेको छ ।तीन सांसद भएको नेकपा संयुक्त, एक–एक सांसद भएका अखण्ड नेपाल र समाजवादी जनता दल देउवाको उम्मेदवारीमा समर्थक नै बसेका थिए ।

संसदको दोस्रो ठुलो दल नेकपा एमाले प्रचण्ड सरकाको जस्तै देउवा सरकारको पनि प्रमुख प्रतिप्रक्षि दल भएको छ । प्रधानमन्त्री निर्वाचनमा एमालेले देउवाको विरुद्धमा मतदान गरेको थियो ।  देउवाको विरुद्धमा  १७० मत परेको थियो । 

विशेष