विदेश

चीनको रेल सेवा संसारकै लामो

चीनको रेल सेवा संसारकै लामो

 जेठ २२ । चीनको रेल सञ्जाल २० हजार किलोमिटर पुगेसँगै विश्वकै सबैभन्दा लामो बुलेट रेल ट्रयाक बनेको छ ।

हेनान प्रान्तको झेन्झउ र जियाङ्सु प्रान्तको छुझउलाई जोड्ने बुलेट रेल मार्गको काम सकेसँगै चीनमा कुल रेल सञ्जाल २० हजार किलोमिटर पुगेको हो । विश्वको ६० प्रतिशत रेलमार्ग चीनमा मात्रै छ । पहिले ११ घण्टा लाग्ने छियान र सांघाईको बाटो अब ६ घण्टामै पुग्न सकिन्छ ।

यो ट्रयाकमा रेल ३०० किलोमिटर प्रतिघण्टाको गतिमा कुद्छ । यो रेल मार्ग २०१३ को डिसेम्बरमा सुरु भइ २०१६ को अप्रिलबाट परीक्षण सुरु गरिएको थियो ।

विशेष