News

भरतीय मिडिया लेख्छ, ‘देउवा भारतको समर्थक हुन्’

भरतीय मिडिया लेख्छ, ‘देउवा भारतको समर्थक हुन्’

जेठ २४ । नेपाली कांग्रसका सभापति शेरबहादु देउवा प्रधानमन्त्री भएको खबरलाई भारतका अधिकांश सञ्चारमाध्यमले स्थान दिएका छन् । नेपालका प्रमुख पत्रिकाहरुमा पनि यो खबरले त्यती ठूलो स्थान नपाए पनि भारतमा भने राम्रै चर्चा पाइरहेको छ । राजनीतिक दलका नेता तथा नेपाल जानकारहरुले पनि देउवालाई बधाई दिनेवाहेक यस विषयमा खासै केही बोलेका छैनन् ।

भारतको एक अमर उजाला नामको अखबारले देउवा भारतको समर्थक भएको भन्ने समाचार प्रकाशित गरेको छ । यसका साथै देउवाले भारतका अन्य थुप्रै सञ्चारमाध्यममा स्थान पाएका छन् ।

देउवा प्रधानमन्त्रीमा नियुक्त भएको सम्बन्धमा एक विश्लेषण प्रकाशित गदै दि इकोनोमिक टाइम्सले दिल्लीले देउवाले दुईपक्षीय सम्बन्धलाई गति दिने आशा लिएको समाचार प्रकाशित गरेको छ । साथै, सो दैनिकले संविधान संशोधन मार्फत देउवाले मधेसवादी दलहरुको मागलाई सम्बोधन गर्ने र त्यसपछि संसदको निर्वाचन गर्ने समेत सो पत्रिकाले उल्लेख गरेको छ ।

 

Sher Bahadur Deuba

विशेष