News

देउवा सरकारमा तीन उपप्रधानमन्त्री, ज्ञानेन्द्र कार्की अर्थमन्त्री

देउवा सरकारमा तीन उपप्रधानमन्त्री, ज्ञानेन्द्र कार्की अर्थमन्त्री

जेठ २४ । नवनिर्वा्चित प्रधानमन्त्री शेरबहादुर देउवाले तीन उपप्रधानमन्त्री र चार मन्त्री नियुक्त गरेका छन् । ज्ञानेन्द्रबहादुर कार्की अर्थमन्त्री नियुक्त भएका छन् ।

उपप्रधानमन्त्रीमा विजयकुमार गच्छदार, कृष्णबहादुर महरा र गोपालमान श्रेष्ठ छन् । गच्छदारले स्थानीय विकास, महराले परराष्ट्र र श्रेष्ठले शिक्षा मन्त्रालयम सम्हाल्नेछन् ।

यस्तै कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की अर्थमन्त्री भएका छन् । अर्थमा महेश अचार्यलाई लैजाने चर्चा पनि थियो । तर, अन्तिममा देउवा समूहका कार्की अर्थमन्त्री भएका छन् ।

कांग्रेसबाटै फर्मुल्लाह मन्सुर श्रममन्त्री भएका छन् भने माओवादीबाट जर्नादन शर्मा गृहमन्त्री र प्रभु शाह विना विभागीय मन्त्री बनेका छन् ।

 

Deuba Sarkar

विशेष