व्यापार

मौरीपालनबाट वार्षिक अठार लाख आम्दानी

मौरीपालनबाट वार्षिक अठार लाख आम्दानी

जेठ २४ । तुलसीपुर नगरपालिका– १० का माधव केसीले मौरीपालन व्यवसायबाट मनग्य आम्दानी गर्दै आएका छन् ।

केसीले मौरीपालन व्यवसायबाट वार्षिक रु १८ लाख आम्दानी गर्छन् । विसं २०६० मा कृषि तथा पशु विज्ञान अध्ययन संस्थान रामपुर कृषि क्याम्पसबाट कृषिमा स्नातक तहसम्मको अध्ययन गरेका केसीले जागिरलाई थाती राखी कृषि व्यवसायलाई अङ्गालदै आएका छन् ।

केसीले २०६२ सालमा चार घार मौरीबाट व्यवसाय सुरु गरेका हुन् । हाल उनले ७०० घार मौरी पालेका छन् । उनले २०६९ सालमा ‘प्राकृतिक मह उत्पादन तथा मौरीपालन फार्म’ दर्ता गराएक हुन् । उनले गत वर्ष पाँच हजार किलो मह बिक्री गरी रु १२ लाख ५० हजार आम्दानी गरेको बताए ।

त्यस्तै एक हजार रानु मौरी उत्पादनबाट रु पाँच लाख आम्दानी गरेका छन् । “वार्षिक रु १८ लाख भन्दाबढी आम्दानी हुन्छ,” केसीले भने ।

मौरीको घारलाई एक हजार बनाउने उनको लक्ष्य छ । पाँच जनाले रोजगार समेत पाएका छन् । केसीलाई कृषि विकास कार्यालयले गत वर्ष राष्ट्रपति उत्कृष्ट पुरस्कार प्रदान गरेको थियो ।

विशेष