News

अन्तरप्रदेश परिषद् सचिवालय स्थापना

जेठ २४ । सरकारले नेपालको संविधान बमोजिम अन्तरप्रदेश परिषद्को सचिवालय स्थापना गर्ने कार्यअघि बढाएको छ ।

नवनियुक्त प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज(बुधबार) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पदबहाली गर्दै अन्तरपरिषद्को सचिवालय प्रधानमन्त्री कार्यालयमा स्थापना गर्न स्वीकृति प्रदान गरे ।

नेपालको संविधानको धारा २३४ मा प्रधानमन्त्रीको अध्यक्षतामा अन्तरप्रदेश परिषद् गठन हुने उल्लेख छ । त्यस्तै, सम्पूर्ण सार्वजनिक क्षेत्रको सदाचार नीतिको मस्यौदा बनाई पेस गर्ने प्रस्तावमा प्रधानमन्त्री देउवाले हस्ताक्षर गरेका सरकारका मुख्य सचिव डा सोमलाल सुवेदीले जानकारी दिए ।

sachibalaya

विशेष