News

सुशील कोइराला फाउन्डेसनद्वारा प्रम देउवालाई बधाई

सुशील कोइराला फाउन्डेसनद्वारा प्रम देउवालाई बधाई

जेठ २४ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा संसदबाट प्रधानमन्त्री चुनिनु भएकामा सुशील कोइराला मेमोरियल फाउन्डेसन परिवारले उनलाई हार्दिक बधाई ज्ञापन गरेको छ ।

फाउन्डेसनले आज(बुधबार) एक विज्ञप्ति जारी गरी नेपालको राजनीतिमा ठूल्ठूला परिवर्तनको नेतृत्व गर्दै सधैं ऐतिहासिक योगदान गरेको पार्टीका सभापति देउवालाई देशका सामु विद्यमान गम्भीर चुनौतीहरुको सामना, सम्बोधन र समाधान गर्न आशातीत सफलता मिलोस् भन्ने कामना गरेको छ । उनको सफलताले देशमा शान्ति र स्थायित्व बहाली हुने र देश समृद्धितर्फ अग्रसर हुने विश्वास पनि फाउन्डेसन व्यक्त गरेको छ ।

स्थानीय तहको दोस्रो चरणको निर्वाचनका साथै क्रमशः प्रदेश एवं संघीय निर्वाचन सम्पन्न गर्ने यो सरकारसामु रहेको सुखद अवसरले हालको राजनीतिक संक्रमणलाई पूर्णविराम दिने र समतामूलक समृद्ध समाज निर्माणको नयाँ यात्राका लागि दिशानिर्देश गर्ने विश्वाससहित फाउन्डेसन नयाँ सरकारप्रति शुभकामना व्यक्त गरेको छ ।

स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न गर्नेलगायतका महत्वपूर्ण भूमिका निर्वाह गरेका र सहज रुपमा सत्ता हस्तान्तरण गरेका निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल र उनलाई सहयोग पु¥याउनेहरुप्रति पनि फाउन्डेसनले धन्यवाद ज्ञापन गरेको छ ।

sushil koirala foundation

विशेष