News

धानको बीउमा ७५ प्रतिशत अनुदान

धानको बीउमा ७५ प्रतिशत अनुदान

जेठ २४ । मसिना तथा बासनादार चामल आयात प्रतिस्थापन गर्न सरकारले उन्नत जातको धान उत्पादन गर्नका लागि जिल्ला कृषि विकास कार्यालयले किसानलाई धानको बीउमा ७५ प्रतिशत अनुदान उपलब्ध गराउने भएको छ ।

स्थानीय र उन्नत जातको धान लोप हुने क्रम बढेपछि किसानलाई धानको बीउमा अनुदान दिन लागिएको हो । बर्सेनि भारतबाट चामल आयात गर्नु परिरहेको छ । कृषि डिभिजन कार्यालयले यस वर्ष करिब ५०० हेक्टर क्षेत्रमा स्वर्ण सव–१, सावा मन्सुली सव–१ जातको २५ मेट्रिक टन धानको बीउ अनुदानमा उपलब्ध गराएको कार्यालयका सूचना अधिकृत रामदयाल ठाकुरले जानकारी दिए ।

विशेष