News

कामु प्रधानन्यायाधीश पराजुलीद्वारा काम सुरु

कामु प्रधानन्यायाधीश पराजुलीद्वारा काम सुरु

जेठ २४ । वरिष्ठतम् न्यायाधीश गोपाल पराजुलीले आज(बुधबार) देखि सर्वोच्च अदालतको कायममुकायम प्रधानन्यायाधीशको काम सुरु गरेका छन् ।

प्रधानन्यायाधीश सुशीला कार्की मंगलबार उमेर हदका कारण सेवानिवृत्त भएपछि वरिष्ठतम् न्यायाधीश पराजुलीले कायममुकायम न्यायाधीशका रुपमा काम सुरु गरेका हुन् ।

पराजुलीले आजदेखि इजलास र पेसी तोक्ने काम सुरु गर्नुभएको सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिए । न्यायपरिषद्ले बैठक बसी प्रधानन्यायाधीशमा नाम सिफारिस गर्नुपर्ने भए पनि हालसम्म बैठक नै बसेको छैन ।

Gopal Parajuli

विशेष