चिनियाँ राष्ट्रपति कजाकिस्तान भ्रमणमा

जेठ २४ । चिनियाँ राष्ट्रपति सि जिनपिङ बुधबार अपराह्न कजाकिस्तानको भ्रमणमा गएका छन् ।
कजाकिस्तानमा हुने ‘सांघाई कोअपरेसन अर्गनाइजेसन (एससिओ) को सम्मेलनमा सहभागी हुन उनी त्यहाँ गएका हुन् । कजाकिस्तानका राष्ट्रपति नुरसुल्तान नजाबायेभको निमन्त्रणामा राष्ट्रपति सि कजाकिस्तान भ्रमणमा गएका हुन् ।
उनी त्यहाँ रहँदा एससिओको १७औँ बैठकमा समेत सहाभागी हुनेछन् । उनले त्यहाँ आयोजना हुने विश्व प्रदर्शनीको पनि उद्घाटन गर्ने छन् ।
xi-jinping