विदेश

ट्रम्पले भने मेरो आग्रहमा कतारसंग खाडीराष्ट्रले सम्बन्ध तोडेका हुन्

ट्रम्पले भने मेरो आग्रहमा कतारसंग खाडीराष्ट्रले सम्बन्ध तोडेका हुन्

जेठ २४ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खाडी मुलुकहरुले कतारसँगको सम्बन्ध बिच्छेद आफ्नो आग्रहका कारण गरेको प्रष्ट पारेका छन् ।

साउदी अरबको भ्रमणका क्रममा रहेका राष्ट्रपति ट्रम्पले कतार अतिवादी बिचारधारातर्फ उन्मुख रहेको उकतारसँग कुनै कूटनीतिक सम्बन्ध नराख्न आफूले आग्रह गरेपछि सम्बन्ध बिच्छेद गरिएको दावी गरेका हुन् ।

कतारविरुद्ध खाडी मुलुक एक हुन प्रेरित गरेकैले उनीहरुले सम्बन्ध तोडेको उनको जिकीर छ । क्षेत्रीय स्थिरतालाई खलल पुर्‍याएको आरोपमा ६ अरबी मुलुक र माल्दिभ्सले कतारसँगको कूटनीतिक सम्बन्ध तोडेका छन् ।

सम्बन्ध तोड्ने मुलुकहरुमा साउदी अरब, इजिप्ट, बहराइन, संयुक्त अरब इमिरेट्स र यमन छन् । कतारले इजिप्टको मुश्लिम ब्रदरहुडलगायत आतंककारी समूहलाई समर्थन गरेको यी मुलुकको आरोप छ ।

साउदी सरकारी समाचार एजेन्सी एसपीएले रियादले कतारसँगको सीमा बन्द गरेको जनाएको छ । यसैबीच ट्रम्पले मध्यपूर्वको अस्थीरताको जिम्मेवारी इरानले लिनुपर्ने पनि बताएका छन् ।

विशेष